नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एन प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुमा कार्यरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी ५ विषयका शिक्षकहरुलाई नयाँ पाठ्यक्रमबारे जानकारी गराएको हो । अभिमुखीकरण कार्यक्रममा कक्षा ४ देखि कक्षा १० सम्मका छुट्टाछुट्टै समूहमा सम्बन्धित विषयविज्ञद्वारा १ सय ९७ जना शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रम बारे प्रशिक्षण गरिएको एन प्याब्सनले जनाएको छ ।

नेशनल प्याव्सनका अध्यक्ष पाण्डव हमालले परिवर्तित नयाँ पाठ्यक्रम बारे स्थानीय सरकारले नै आयोजना गरी पाठ्यक्रमका विषयमा थप प्रष्ट पार्नुपर्ने भएतापनि भक्तपुर एनप्याब्सनले गरेको अभिमुखीकरणको प्रसंसा गरे ।
परिवर्तित पाठ्यक्रमको बारेमा विषय शिक्षकहरुलाई पर्याप्त ज्ञान हुनुका साथै वार्षिक कार्यघण्टा, आन्तरिक एवं बाह्य मूल्याकंन, अन्तिम मूल्याकंन र विशिष्टिकरण तालिका सम्बन्धि बुझ्न पनि आजको प्रशिक्षणले टेवा पुग्ने एन प्याब्सनको विश्वास छ ।

कार्यक्रममा नेशनल प्याव्सन केन्द्रीय महासचिव पारसमणि दाहाल लगाएतको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्