त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीको चरम लापरवाही, मार्चमा अप्रिलको स्टाम्प लगाए

काठमाडौँ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले चरम लापरवाही गरेको भेटिएको छ ।
जापानमाबाट नेपाल फर्किएका एक विद्यार्थीको राहदानीमा मार्च २०२० मा अप्रिल २०२० को स्टाम्प लगाएको प्रमाण फेला परेको हो । ११ मार्चमा दिउँसो २ :१५ बजे जापानबाट नेपाल फर्किएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ः२५ बजे ओर्लिए । ओर्लिएपछि अध्यागमनमा प्रवेश गरे लगत्तै कर्मचारीले ११ मार्च हुनु पर्नेमा ११ अप्रिलको स्टाम्प लगाएका हुन् । ११ अप्रिल २०२० आउन अझै १ महिना बाकी छ ।

घरमा आएर राहदानी हेरेपछि थाहा पाए ११ मार्चको स्टाम्प हुनुपर्नेमा ११ अप्रिलको स्टाम्प लगाएको रहेछ, ति विद्यार्थीले उपहारखबरलाई भने, “विमानस्थलका कर्मचारीको कति लापरवाही ? विमानस्थलका कर्मचारीहरुको चरम लापरवाहीका कारणले कर्मचारीको दक्षतामा प्रश्न चिन्ह उठेको मात्र छैन नेपालको शीर निहुरिने काम समेत भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील ठाउँमा बसेर यस्तो लापरवाही किन ? ।” उनले आक्रोश पोखे । यस्तो गम्भीर त्रुटि गर्ने कर्मचारी माथी नेपालसरकारले कारवाहि गर्ला ? जिज्ञासाको विषय बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्