काठमाडौँ – साउन महिनाको दोश्रो दिन सुनचाँदी महंगिएको छ । सोमबार, सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ पुगेको छ । आइतबार भने सुनको भाउमा गिरावट आएको थियो । हिजो सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
साउन २ गते, चाँदीको मूल्य पनि महंगिएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । साउन महिनाको पहिलो दिन पनि चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँ किनबेच भएको थियो ।