काठमाडौँस्थित भारतीय दुतावासमा सुरक्षाकर्मीले आफै गोली चलाएर गरे आत्महत्या

सांकेतिक तस्बिर

काठमाडौं – काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।

दूतावास स्रोतका अनुसार भारतको उत्तराखण्ड घर भएका ती सुरक्षाकर्मीले बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेका थिए । भारतीय दूताबासमा छुट्टै सुरक्षाकर्मी खटाउँछ । घटना भएको जानकारी दिएको भारतीय पक्षले आफैं छानविन गर्ने बताएको नेपाल प्रहरी स्रोतले बतायो ।

मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्