काठमाडौँ – नेकपा एमालेका नेता तथा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले महँगी र कालो बजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार संसदको शुन्य समयमा बोल्दै सांसद ठगुन्नाले महँगी र कालो बजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘वर्तमान गठबन्धन सरकार निर्माण भएपछि मुलुकमा महँगी, भ्रष्टाचार, हत्या बलात्कारका घटनाहरु दिनहु बढिरहेकाछन् । सरकारले राष्ट्रसेवक कर्मचारीहरुको तलब न्यून वृद्धि त गरेको छ तर त्यसको निहुँमा बजारमा ब्यापक महँगी बढेर गरिब र बेरोजगार जनताहरुको ढाड सेकिएको छ ।’ सांसद ठगुन्नाले भने, ‘अभिलम्ब महँगी र कालो बजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’ सांसद ठगुन्नाले सामुदायिक विद्यालयका कर्मचारीहरु बालशिक्षिक शिक्षिकाहरु,राजमार्गमा कार्यरत सुपरभाईजर लगायतको न्युनतम पारिश्रमिकको व्यवस्था गर्न समेत सरकारसँग माग गरे । सांसद ठगुन्नाले भने, ‘सामुदायिक विद्यालयका कर्मचारीहरु बालशिक्षिक शिक्षिकाहरु,राजमार्गमा कार्यरत सुपरभाईजर र लेन्थवर्करहरु, अतिरिक्त हुलाकका कर्मचारीहरु अझै पनि न्यूनतम पारिश्रमिकमा काम गरिरहेका र तिनिहरुको श्रम शोषण भईरहेकोले अभिलम्ब न्यूनतम पारिश्रमिकको व्यवस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’
पूर्ण पाठ
सम्माननीय सभामुख महोदय,
वर्तमान गठबन्धन सरकार निर्माण भएपछि मुलुकमा महँगी, भ्रष्टाचार, हत्या बलात्कारका घटनाहरु दिनहु बढिरहेकाछन् । सरकारले राष्ट्रसेवक कर्मचारीहरुको तलब न्यून वृद्धि त गरेको छ तर त्यसको निहुँमा बजारमा ब्यापक महँगी बढेर गरिब र बेरोजगार जनताहरुको ढाड सेकिएको छ । अभिलम्ब महँगी र कालो बजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गर्दछु । यसै सन्दर्भमा सामुदायिक विद्यालयका कर्मचारीहरु बालशिक्षिक शिक्षिकाहरु,राजमार्गमा कार्यरत सुपरभाईजर र लेन्थवर्करहरु, अतिरिक्त हुलाकका कर्मचारीहरु अझै पनि न्यूनतम पारिश्रमिकमा काम गरिरहेका र तिनिहरुको श्रम शोषण भईरहेकोले अभिलम्ब न्यूनतम पारिश्रमिकको व्यवस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।
धन्यवाद!