१८५ यात्रु बाेकेर दिल्लि जाँदै गरेको विमानमा आगलागि भएपछि …

काठमाडौँ – भारतस्थित बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ। पटनाबाट दिल्लीतर्फ जाँदै गरेको बिमानमा आगो लागेको थियो।

उडान भर्नेसमयमा विमानमा आगो लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय अधिकारीहरुका अनुसार विमान स्पाइस जेटको थियो। उडान भर्ने समयमा विमानको इन्जिनमा आगो लागेको सूचना पाएसँगै आपताकालिन अवतरण गरिएको बीबीसी हिन्दीले जनाएको छ। विमानमा १८५ जना सवार रहेकाे जनाइएकाे छ ।

पटनाका डीएमका अनुसार विमानका सबै यात्री सुरक्षित छन्। विमानको बाँया पंखामा आगो लागेको थियो। उडान भर्नासाथ तल रहेका मानिसहरुले विमानमा आगो लागेको देखेका थिए। त्यसलग्तै विमानलाई आपतकालीन अवतरण गराइएको जनाइएको छ। प्राविधिक समस्याका कारण विमानमा आगो लागेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्