काठमाडौँ – आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ । असार ५ गते, सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि सस्तिएको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत साताको अन्तिम कारोबार दिन, सुनको मूल्यमा वृद्धि भएको थियो । शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँ पुगेको थियो ।
यसैगरी साताको पहिलो दिन, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले सस्तिएको छ । महासंघको तथ्यांक अनुसार आज चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ तोकिएको छ । यसअघि शुक्रबार भने चाँदीको भाउ तोलामा १० रुपैयाँले नै बढेर प्रतितोला एक हजार २७५ रुपैयाँ कायम रहेको थियो ।