काठमाडौं – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य समायोजन गरेको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।
अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि मूल्य समायोजना भएको हो । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन ।