१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय बृद्ध पक्राउ

सांकेतिक तस्विर

रुपन्देही – १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै तनहुँमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० मान्द्रे बस्ने ३२ वर्षीय जिवन बिक भन्ने जुठे बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती महिलालाई शुक्लागण्डकी नगरपालिका-१० छाब्दीस्थित जंगलको झाडीमा जेठ १ गते साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्