कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौ – सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर बाग्मती गाउँपालिका–६ फापरबारी सानो कायर ठेगाना भएका ४५ वर्षीय ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका–६ लेले ठेगाना भएकी ४० वर्षीया गायत्री नगरकोटी रहेका छन् ।

दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव सडिगलेको अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका–१६ नयाँबजार विष्णुमती पुल नजिक “बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर” भित्र रहेको भवनको कोठामा बैशाख २८ गते कान्छा लामालाई कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर बाग्मती गाउँपालिका फापरबारी ठुलो कायर घर भएको दिपक वाइवा तामाङ समेत मिलेर कुटपिट गरी टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेको खुल्न आएको छ । हत्या पश्चात सलले बाँधी शवलाई तन्ना र म्याट्रिसले बेरेर प्लाष्टिकको डोरीले बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगि फालेको खुल्न आएको छ ।

उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्