अछाम – अछाम जिल्लाले पञ्चदेवल बिनायक नगरपालिकाका नवनिर्वाचित मेयर अम्बिका चलाउनेले पदभार ग्रहण गरेका छन् । चलाउनेले सोमबार पदभार ग्रहण गरेको जानकारी दिए । चलाउनेले निकटतम प्रतिद्धन्दी माओवादीका राम बहादुर बिकलाई ४ सय ८१ मततन्तरले पराजित गरिन्् । बिकले ३ हजार १ सय ७२ मत प्राप्त गरे । त्यस्तै एमालेका नन्द बहादुर कडायतले २ हजार ६ सय ९७ मत प्राप्त गरे ।
यसअघि नगर उपप्रमुख तथा कांग्रेस सुदुरपश्चिम सहमहामन्त्री समेत रहेकी चलाउनेले ३ हजार ६ सय ५३ मत सहित यसपटक नगर प्रमुखमा बिजयी भएकी हुन् । चलाउने निर्वाचित भएसँगै अछामो पहिलो महिला नगर प्रमुख बनेकीछिन्।
नगर उप प्रमुखमा समेत कांग्रेस नै बिजयी भएको छ । कांग्रेसका उम्मेद्धार हर्क बहादुर रावलले ४ हजा १ सय ८८ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका रिता रावलले २ हजार ६ सय १८ मत प्राप्त गरिन् ।