जेठ १ गतेदेखि शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय, कार्यालय समय साढे नौं देखि साढे ५ सम्म

FILE PHOTO

सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले साताको दुई दिन शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेर जेठबाट लागू हुने व्यवस्था गरेको छ । कार्यालय समय बिहान साढे नौं बजेदेखि साँझ साढे ५ बजेसम्म हुने छ । शुक्रबार आधा दिन छुट्टि हुने छैन ।

देशको शोधनान्तर घाटा एकदमै बढेर विदेशी मुद्रा सञ्चितिले साढे ६ महिनाको वस्तु तथा आयात धान्न मात्र पर्याप्त भएपछि सरकारले मितव्ययीता स्वरुप इन्धन खपत कम गर्न दुई दिन बिदा दिने निर्णय गरेको हो । नेपालले वार्षिक २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गर्ने गर्दछ । सरकारले यसअघि नै सरकारी अधिकारीहरुलाई दिइँदै आएको इन्धन सुविधा २० प्रतिशतले कटौती गर्ने निर्णय कार्यान्वयन गरिसकेको छ । सरकारले विदेशी मुद्राको सञ्चिति घट्न नदिन १० वटा वस्तुको आयात पूर्ण रुपमा रोकिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्