शेयर बजारमा हरियाली, नेप्से आज ५३ अङ्कले बढ्यो, न्यादीमा १० प्रतिशत सर्किट

काठमाडौं – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५३ अङ्कभन्दा धेरैले बढेको छ । हिजो सोमवार सामान्य बढेको नेप्से आज ५३ दशमलव तीन अङ्कले बढेर दुई हजार सात सय ५४ दशमलव २८ विन्दुमा पुगेको छ । आज न्यादी हाइड्रोको शेयर १० प्रतिशत तथा तेह्रथुम पावर कम्पनीको शेयर झन्डै नौ अङ्कले बढेको छ ।

आज सबै समूहको शेयर बढेर हरियो भएकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार खुलेदेखि दिउँसो २ बजेसम्म सामान्य घटबढ भएको नेप्से २ बजेपछि तीव्र गतिमा उकालो लाग्न थालेको थियो । २ बजे दुई हजार सात सय आठ विन्दुमा रहेको नेप्से तीन बजे दुई हजार सात सय ५३ विन्दुमा पुगेर बन्द भएको छ ।

आज दुई सय २४ कम्पनीका ६३ लाख ४३ हजार कित्ता शेयर तीन अर्ब २३ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्