नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सोमबार दिउँसो २ बजे बस्दैछ ।

केन्द्रीय कार्य समितिको बैठक आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनको एजेण्डामा केन्द्रित हुने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए ।

अहिले राष्ट्रिय सभाको निर्वाचन नै प्रमुख एजेण्डाको विषय रहेको छ । यसबाहेक बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए । ललितपुरस्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा काँग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्