राष्ट्रियसभा चुनावमा तालमेल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

FILE PHOTO

काठमाडौँ – सत्तारूढ गठबन्धनको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका दलहरूले तालमेल गर्ने तयारी गरेका छन्। यसैबारे छलफल गर्न आज बैठक बोलाइएको हो ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा आज गठबन्धनभित्र छलफल हुन लागेको जानकारी दिइन् ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा छन् । यही माघ १२ मा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ । मंगलबार उम्मेदवारहरूको उम्मेदवारी दर्ता गर्ने चुनावी कार्यतालिका छ ।

रिक्त १९ पदमध्ये कुन दलले कति सिट पाउने भन्नेजस्ता विषय छलफल गरी टुंग्याउन आज गठबन्धन बैठक राखिएको हो । सत्तारूढ गठबन्धनले राष्ट्रिय सभा चुनावलगायतलाई भन्दै समन्वय समिति पनि बनाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्