काठमाडौँ – प्रदेश१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् ।
३५ जना निर्वाचित हुनेमा उनले ३७ औँ मत प्राप्त गरेका छन् । शेखर कोइराला समूहबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनले १६४४ मत पाएका छन् । उनी ६४ मतले पराजित भएका हुन् ।
उनी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए ।