क्रिसमसका समयमा ओमिक्रोन थप फैलने अमेरिकी विशेषज्ञको चेतावनी

काठमाण्डौ – अमेरिकाका विशेषज्ञले क्रिसमसका समयमा हुने यात्रा र भीडभाडले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन थप फैलने बताएका छन् । कोरोनाविरुद्धको खोपका बाबजुद पनि भेरियन्ट फैलिने जोखिम उच्च रहेको उनीहरुले चेतावनी दिएका छन् । खोप लगाएकाहरुमा पनि सङ्क्रमणको जोखिम रहेको उनीहरुले बताएका बीबीसीले जनाएको छ ।

उहाँले यो भेरियन्ट विश्वमा नै फैलँदै गएको भन्दै महामारी रोकथामका प्रभावकारी कार्यक्रम ल्याउनु पर्नेमा अमेरिकी सरकारलाई सुझाव समेत दिनुभएको छ । जोखिम बढेपछि फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लगाउने तयारी गरेका छन् भने नेदरल्यान्ड्सले क्रिसमससम्म लकडाउनलाई कडा पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्