काठमाडौँ – नेकपा एमालेको पोलिटब्युरो सदस्यमा दार्चुलाबाट निर्वाचित संघीय सांसद गणेशसिंह ठगुन्ना मनोनित भएका छन् ।
भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन् । अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन् । ८० जना मध्ये सांसद ठगुन्ना पनि मनोनित भएका हुन् । एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ ।