एमालेले तोक्यो प्रदेश इन्चार्ज : सुदूरपश्चिममा भट्ट, अरु प्रदेशमा को–को ?

काठमाडौं – नेकपा एमालेले पार्टीका सातवटै प्रदेशको इन्चार्ज तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको एक नेताले जानकारी दिए ।

प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे छन् भने २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी छन् । यस्तै गण्डकीको इन्चार्जमा पद्‍मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट तोकिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्