प्रतिकित्ता पाँच हजार ३ सय बढी पुगेको महिला लघुवित्तको शेयरमूल्य ३ हजार ६ सयमा झर्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन लघुवित्तको ४७.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ३ हजार ६५८ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
बुधबार लघुवित्तको शेयर प्रतिकित्ता ५ हजार ३९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले मंसिर २२ गते डाकेको चौथो वार्षिक साधारण सभा र ५० प्रतिशत लाभांश वितरण गर्ने प्रयोजनको लागि आज, बिहीबारदेखि बुकक्लोज गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्