सोलुखुम्बु – आफ्नै २५ वर्षीय छोरा सहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा सोलु दुधकुण्ड नगरपालिका–५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं रिफर गरिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।