सुनको भाउ दिनप्रतिदिन वृद्धि भइरहेको छ। कार्तिक २५ गते, बिहीबार सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ। यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार पनि सुन तोलामा ४०० रुपैयाँले उकालो लाग्दा प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ। पछिल्लो दुई दिन निरन्तर स्थिर भएको चाँदीको भाउ आज तोलामा २० रुपैयाँले बढेको हो। यस दिन चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा किनबेच भइरहेको महासंघको तथ्यांकमा देखिन्छ। सो तथ्यांक अनुसार अघिल्लो तीन कारोबार दिन चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम रहेको थियो।