प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् ।
१६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । १० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।
तर प्रस्ताव तत्काल मतदानमा नलगि राजिनामा दिएका हुन् ।