डोटीको पूर्वीचौकी गाउँपालिकाको बगलेकमा धार्मिक ज्ञान महायज्ञ आयोजना हुने

डोटीको पूर्वीचौकी गाउँपालिकाले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै विभिन्न योजनाहरु अघि सारेको छ । सुदूरपश्चिम प्रदेशकै चिनारीको रुपमा चिनिने खप्तड क्षेत्रको प्रवेशद्वारको रुपमा पनि पूर्वीचौकीलाई लिने गरिन्छ । पूर्वीचौकी गाउँपालिकाको वडा नं. २ बगलेकमा भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै प्रचार प्रसारका लागि धार्मिक ज्ञान महायज्ञ आयोजना हुने भएको छ भने उक्त क्षेत्रमा शिवजीले तपस्या गरेको कैलाश पर्वत र मानसरोवर पर्वत समेत बनाइने भएको छ ।

बगलेक पूर्वीचौकी गाउँपालिकाको धार्मिक एव्म रमणीय ठाउँको रुपमा चिनिदै आएको छ । यस क्षेत्रमा बराहीदेवीको मन्दिर समेत रहेको छ । उक्त क्षेत्रलाई प्रचार प्रसारको रुपमा अघि बढाउन १५ सदस्यीय समिति समेत गठन गरेको छ ।
पूर्वीचौकी गाउँपालिकाको अध्यक्ष दीर्घराज बोगटीको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐर प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, जिल्ला समन्वय समितिको उप प्रमुख, दीपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी, पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउँद, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
उक्त पर्यटकीय क्षेत्र बगलेकमा गत मंसिरमा नेपालका प्रथम जगद्गुरु वालसन्त मोहनसरण देवाचार्य समेत उक्त क्षेत्रमा जानुभएको थियो । यसैगरी खप्तड क्षेत्र जोड्न पक्की सडक निर्माणका लागि ४२ करोडको टेण्डर समेत भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्