नेकपा एकीकृत समाजवादी डोटीको अध्यक्षमा बोगटी चयन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी डोटीको अध्यक्षमा दिर्घ बोगटी चयन भएका छन । सोमबार आयोजित जिल्ला कमिटी घोषणा तथा कार्यकर्ता भेटघाट कार्यक्रमबाट बोगटीको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरेको हो ।

पार्टीकी केन्द्रिय सदस्य एवं सुदूरपश्चिम प्रदेशकी मन्त्री पूर्णा जोशीको प्रमूख आथित्यतामा जिल्ला कमिटि घोषणा गरिएको हो । बोगटी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै जानकी भट्टको संयोजकत्वमा ३७ सदस्यीय अखिल नेपाल महिला संगठन र महेन्द्र कुँवरको संयाजकत्वमा ४१ सदस्यीय राष्ट्रिय युवक संगठन पनि विस्तार गरिएको नेकपा (एस) डोटीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्