आईपीएल : हैदरावाद विजयी, राजस्थान ७ विकेटले पराजित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अन्तर्गत गएराती भउको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ ।
हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

हैदराबादका जासन रोय र केन विलियम्सनले अर्धशतकीय पारी खेले । रोयले ६० रन तथा कप्तान विलियम्सनले अविजित ५१ रन जोडे । राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक÷एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । राजस्थानका कप्तान सञ्जु सामसनले ८२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । हैदराबादका सिद्धार्थ कउलले दुई विकेट लिए ।

अङ्कतालिकामा पुछारमा रहेको हैदराबादको १० खेलमा ४ अङ्क छ । यस्तै शिर्षस्थानमा १६ अंकसहित चेन्नई सुपरकिङ्स रहेको छ । दोस्रो स्थानमा १६ अंकसहित दिल्ली क्यापिटल रहेको छ । आज पहिलो खेल कलकत्ता नाइड राइडर्स र दिल्ली क्यापिटल विच हुने भएको छ । खेल दिउँसो ३ बजेर ४५ मिनेटमा हुनेछ । यसैगरी दोस्रो खेल मुम्बई इण्डियन्स र पञ्जाव किंग्सबिच ७ बजेर ४५ मिनेटमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्