नयाँ प्रगति प्राप्त गर्नका लागि नेपालसँग मिलेर काम गर्न इच्छुक छौँ – चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाएका छन् ।

आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ ।

यसअघि भारतीय विदेशमन्त्री एसजयशंकरले खड्कालाई बधाई सन्देश पठाएका थिए । एसजयशंकर र खड्का बीचमा अमेरिकाको न्यूयोर्कमा भेटघाटसमेत भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्