नेकपा (एस) को सुदूरपश्चिम संसदीय दलको नेतामा मन्त्री सोडारी चयन

धनगढी – नेकपा (एस) को सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् । मंगलबार बसेकोे बैठकले सोडारीलाई सर्वसम्मतरुपमा दलको नेता छानेको हो ।

सोडारी सो पार्टीको कैलाली अध्यक्ष समेत हुन । वैठक नेकपा (एस) का सुदूरपश्चिम इन्चार्ज गरिमा शाहको प्रमुख आथित्यतामा भएको थियो । १४ सदस्यीय सो दलमा सोडारी, तारा लामा तामाङ, दुर्गाकुमारी विक, बलबहादुर सोडारी, माया भट्ट, पूर्णा जोशी, लालबहादुर खड्का, प्रकाश रावल कुलवीर चौधरी, अमर साउद, चुनकुमारी चौधरी, मनाकुमारी साउद, माया तामाङ बोहरा र शुशिला बुढाथोकी प्रदेश सभा सदस्य छन् ।

एमाले विभाजन पछि नेकपा (एस) सबैभन्दा ठूलो, १३ सदस्यीय नेकपा माओवादी केन्द्र दोस्रो , १२ सदस्यीय नेपाली काँग्रेस तेस्रो र १० सदस्यीय एमाले चौथो दल भएका छन् । भने उपेन्द्र यादव नेतृत्वको र महन्त ठाकुर पक्षका एक/एक जना प्रदेस सभा सदस्य छन् । ५३ सदस्यीय प्रदेश सभामा हाल ५२ जना रहेका छन् । एमाले प्रवेश गरेपछि माओवादीले एक जना झपट बोहरालाई हटाएपछि प्रदेश सभा ५२ सदस्यीय बनेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्