माओवादी स्थायी समिति बैठक बस्दै, संसदमा अवरोध र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले मंगलबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जानकारी दिए ।
बैठकमा नियमावली र निर्वाचन निर्देशिकाबारेमा छलफल हुने उनले बताए । साथै संसदमा भइरहेको अवरोध र मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल हुने छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १४ सांसदलाई कारबाही गरेकाे सूचना सभामुख अग्नि सापकोटाले टाँस नगरेको भन्दै संसद अवरोध गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्