अछाममा सर्वसम्मत नेतृत्व चयन गर्दै नेपाली काँग्रेस

अछाम – नेपाली काँग्रेसले दश स्थानीय तहका ९१ वटै वडामा सहमतिबाट नयाँ कार्यसमिति चयन गरिएको छ । १४ औं महाधिवेशनका क्रममा सबै वडा सभापति र प्रतिनिधि सहमतिकै आधारमा छनौट गरिएको नेपाली काँग्रेस अछामले जनाएको छ ।

तुर्माखाँद गाउँपालिकाका–४ मा खुला सदस्य प्रतिनिधि छनौट बाहेकका सबै वडामा सर्वसम्मत प्रतिनिधि छनौट गरिएको बताइएको छ । कमलबजार नगर र ढकारी गाउँ सभापतिमा सहमतीका आधारमा नेतृत्व चयन गरिएको छ । कमलबजार नगर सभापतिमा पदमबहादुर भण्डारी र ढकारी गाउँ सभापतिमा गाउँपालिका अध्यक्ष धनबहादुर बुढा सर्वसम्मत चयन भएका छन् । अन्य स्थानीय तह, प्रदेश र जिल्ला कार्यसमितिको अधिवेशनमा सहमति गर्ने बताइएको छ । सहमतिका आधारमा प्रतिनिधि छनौट गरिएपनि जिल्ला कार्यसमिति सदस्य पूर्णबहादुर रावल प्रतिनिधि आउनबाट रोकिएका छन् । खुला सदस्यको मात्र निर्वाचन भएकोमा तुर्माखाँद गाउँपालिका उपाध्यक्ष अमृता बुढा वडामै पराजित भइन् । यस्तै पूर्वसांसद अक्कलबहादुर विष्ट खुलामा आउने अवस्था नभएपछि आरक्षणबाट प्रतिनिधि चयन गरिएको बताइएको छ ।

वडा समिति र प्रतिनिधिमा छनौट भएकामा अधिकांस यूवापंक्ति रहेको बताइएको छ । सहमतिका आधारमा पुराना र यूवाको मिश्रित कार्यसमिति बनाउँदै जाने काँग्रेस अछामको योजना रहेको छ । मंगलसेन नगरपालिका–११ बान्नातोलीमा २२ वर्षीया युवती सर्वसम्मत वडा सभापतिमा चयन भएकी छिन् ।

एक वडाबाट कम्तिमा १६ जना प्रतिनिधि छनौट भएका व्यक्तिले अछामका दश स्थानीय तह, चार प्रदेशस्तर, दुई निर्वाचन क्षेत्र र एक जिल्ला कार्यसमितिको नेतृत्व छनौट गर्ने छ । अछाममा जिल्ला कार्यसमिति निर्वाचनका क्रममा लगभग १५ सय जना प्रतिनिधि सहभागी हुने आँकलन गरिएको छ । नेपाली काँग्रेस अछाममा ११ हजार बढी क्रियाशील सदस्यता रहेको बताइएको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्