सभामुखले बोलाएको बैठकमा ओली नजाने

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले भने एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गरेका थिए । पुस ५ र जेठ ७ गतेको संसद् विघटनले सभामुख सापकोटा र ओलीबीच निकै दुरी बढेको छ । सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिइनन् ।

​सापकोटाले परामर्शका लागि बोलाउँदा यसअघि पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता नेम्वाङ पनि सहभागी भएका थिए । आजको बैठकमा एमालेबाट नेम्वाङ नै सहभागी हुने बुझिएको छ ।

यो पनि

सभामुखले बोलाए सर्वदलीय बैठक, कस-कसलाई गरियो निम्तो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्