‘केयरगिभर’का लागि इजरायल जानेहरूको परीक्षा आज हुँदै, यी हुन् परीक्षाकेन्द्रहरु

काठमाडौँ – ‘केयरगिभर’का लागि इजरायल जानेहरूको अंग्रेजी भाषा परीक्षा सोमबार हुँदैछ ।

परीक्षाका लागि काठमाडौंमा विभिन्न १६ परीक्षा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

विभागका अनुसार परीक्षामा सात हजार ९ जना परीक्षार्थी सहभागी हुनेछन् । विभागका अनुसार परीक्षा दिउँसो १ बजेदेखि हुनेछ । परीक्षा समयावधि १ घन्टाको हुनेछ । भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ । लिखित परीक्षापछि मौखिक परीक्षा हुने विभागले जनाएको छ । परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ ।

सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने विभागले जनाएको छ ।

सो नामावली विभागले इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबिए) लाई पठाई सोको विवरण विभागको वेवसाइटमा प्रकाशन गर्नेछ । विभागले पठाएको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ । पिआईबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन् । विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ ।

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नु पर्ने उल्लेख गरिएको छ । भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ । अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ । विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन् । भिसा अवधि पाँच वर्षको रहेको छ । कमाई मासिक डेढ लाखभन्दा बढी नेपाली रुपैयाँ हुने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्