सुदूरपश्चिमका १० प्रदेश सांसद एमाले छोडेर एकीकृत समाजवादीमा

कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् । एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी छन् ।

तीन जना भोलि सनाखत गर्ने छन् । सुदूरपश्चिममा एमालेका सभामुखबाहेक २४ जना सांसद रहेकामा १३ जना एकीकृत समाजवादीमा प्रवेश गरेपछि माधव नेपाल पक्ष बहुमतमा पुग्नेभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्