मंगलबारदेखि नेपाल–श्रीलंकाबीच सिधा उडान

काठमाडौं – आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं–कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् ।

श्रीलंकाको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं–कोलम्बो उडान हुने जानकारी दिए । प्रवक्ता क्षेत्रीले भने, ‘काठमाडौं–कोलम्बो सीधा उडानका लागि चार सेप्टेम्बरसम्म समर सेड्युल एप्रुभ भएको छ ।’

काठमाडौं–कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्