गुण एयरलाइन्सको हवाई उडान सेवा आगामी सेप्टेम्बरबाट शुरु हुने

काठमाडौं – गुण एयरलाइन्सको हवाई  उडान सेवा आगामी सेप्टेम्बरबाट शुरु हुने भएको छ । आफ्नो नियमित उडानको तयारी आन्तरिक रुपमा तीब्र पारेको कम्पनीले जनाएको छ । आफ्ना दुइवटा बिचक्राफ्ट र थप पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान थाल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

सेप्टेम्बर दोस्रो साताबाट आन्तरिक हवाई सेवा सुचारु गर्ने र उडानको सुरुवातमा काठमाडौबाट पोखरा, भरतपुर र तुम्लिङटारमा हुने भएको छ । काठमाडौंबाट थप सिमरा, भैरहवा, जनकपुर, नेपालगञ्ज र विराटनगरका लागि उडान गर्ने गरी तयारी गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्