त्रिपाल ओढाएर राखिएको रेल चलाउन भारतीय कम्पनीको ताकेता

FILE PHOTO

काठमाडौं – भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको बेला रेल चलाउन भारत सरकारले ताकेता गरेको छ । नेपाल र भारतबीच सञ्चालन हुने रेलका लागि नेपाल सरकारले भारतको कोनकन रेल्वेज कर्पोरेसनबीच भएको सम्झौताअनुसार रेल चलाउन नेपाल सरकारलाई तोकता गरेको हो ।

नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुरुप नेपालमा रेल चलाउने जनशक्ति नभएकाले चेन्नइस्थित कोनकन रेलवेले कर्पोरेसनले रेल सञ्चालनको जिम्मा लिएको छ । रेल सञ्चालनको जिम्मा पाएको कर्पोरेसनले जनकपुरधाममा तालिम दिएका १ सय ८६ कर्मचारीलाई राखेर तलब खुवाउन नसक्ने भन्दै रेल सञ्चालन गर्न सरकारलाई तोकता गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्