नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिए

काठमाडौँ – नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् ।

विहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएको देउवाको सचिवालयले जनाएको छ ।

केपी ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको अध्यक्षमा राजनीतिक नियुक्ति पाएका थिए ।

यो पनि पढ्नुहोस् । 

नेपाल टेलिभिजन टेण्डर : पहिल्यै म्याच फिक्सिङ्ग

नेपाल टेलिभिजन : बढ्दो अनियमितता

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्