जसपाका नेता भट्टराईको प्रस्ताव– सबै दलको सहभागितामा सरकार, एक वर्ष भित्र चुनाव

FILE PHOTO

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव अगाडि सारेका छन् ।

बुधबार बिहान ट्वीट गर्दै भट्टराईले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण र संविधान संशोधनलगायत मुद्दासमेत प्राथमिकतामा राखेर हल गरिनुपर्ने उल्लेख गरेका छन् । साथै उनले एक वर्षभित्र चुनाव गर्न सकिने पनि प्रस्ताव अगाडि सारेका हुन् ।

यस्तो सरकार संविधानको धारा ७६ (२) अनुसार बन्नुपर्ने भट्टराईको भनाइ छ । यसमा दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान छ ।

देशमा देखिएको संकट हल गर्न सबै दलको सहभागितामा सरकार बन्नुपर्ने भट्टराईको प्रस्ताव छ । साथै दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर जान सकिने उनी बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्