दार्चुलाको नौगाडमा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन, १ सय ५० जनाले निशुल्क सेवा लिए

दार्चुुला – नौगाड गाउँपालिकामा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएको छ । बुधवार आयोजना गरिएको स्वास्थ्य शिविरबाट १ सय ५० जनाले निशुल्क सेवा लिएका छन ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको प्राविधिक सहयोग तथा नौगाड गाउँपालिकाको आर्थिक सहयोगमा १ दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

निशुल्क शिविरबाट ७७ जना पुरुष तथा ६३ महिलाले सेवा लिएको अध्यक्ष प्रेमसिँह धामीले बताएका छन् ।

आयुर्वेद स्वास्थ्य कार्यालय डडेल्धुराका आयुर्वेद डा. सत्यराज र आयुर्वेद स्वास्थ्य कार्यालय डोटीका आयुर्वेद डा. छबिन्द्र उपाध्याय सहितको टीमको उपस्थितिमा आयोजना गरिएको निशुल्क शिविरबाट स्थानियलाई आयुर्वेद डाक्टरहरुबाट जेष्ठ नागरिक सेवा, बाथरोग सम्बन्धि सेवा, फिष्टुला, महिलाहरुमा सेतो पानी बग्ने समस्या सम्बन्धि सेवा दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्