आजको मौसम : मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ ।

बिहीबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्