परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौँ – भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ ।

नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो ।

भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि सहभागि हुनुहुन्थयो ।

नेपाल मामिलाका विज्ञसमेत रहेका रक्षामन्त्री सिंहले परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि भारत– नेपालको सम्बन्ध केबल सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिकबाट अघि बढेको बताउनुभयो । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले भारतमा आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहनु भएको छ ।

मन्त्री ज्ञवाली बैठकमा सहभागी हुन बिहीबार भारत प्रस्थान गर्नुभएको हो । उहाँ शनिबार साँझ नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्किने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्