नेपाल-भारत बैठकमा के के छलफल भयो ?

काठमाडौं – नेपाल–भारतबीचको परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सकिएको छ ।

बैठकमा भाग लिन भारतको राजधानी नयाँ दिल्ली जानुभएका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले शुक्रबार नयाँ दिल्ली स्थित हैदरावाद हाउसमा भएको संयुक्त आयोग बैठकको भारतीय समकक्षी एस जयशंकरसँगै सह–अध्यक्षता गर्नुभएको थियो । बैठकमा दुईदेशबीचको सीमा समस्या, कोभिड–१९ विरुद्धको अभियानमा दुई देशबीच सहयोग र सहकार्य लगायतमा विषयमा छलफल भएको बताइएको छ ।

शुक्रबार नै परराष्ट्रमन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करबीच हैदरावाद हाउसमा भेटवार्ता भएको थियो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विविध विषयमा विचारविमर्श भएको नयाँ दिल्ली स्थित नेपाली दुतावासले जनाएको छ ।

बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि सहभागी हुनुभएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्