हेलम्बुको इचोक स्वास्थ्य चौकीमा ६ महिनामा १ सय बच्चा जन्मिए, ‘आमा र बच्चाको स्वाथ्यप्रति सजग छौ’ – अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक – हेलम्बु गाउपालिकामा रहेका २ वटा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । विहिबार हेलम्बु गाउँपालिका– ७ स्थित इचोक स्वास्थ्य चौकिमा एक सयौँ बच्चा जन्मिएकोमा उक्त आमा र बच्चालाई सम्मान गरिएको बर्थिङ सेन्टरका प्रमुख विदुर गिरीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७४/७५ हेलम्बुका दुबै बर्थिङ सेन्टरमा गरि आ ब २०७४/७५ मा ५ जना आमाहरुले बर्थिङ सेन्टरबाट सेवा लिएकोमा २०७५/७६मा ७४ जना, २०७६/७७ मा १४७ र यो आर्थिक वर्षको पहिलो ६ महिनामै १२५ आमाहरु सुत्केरी भएका छन ।
गत वर्ष देखि शुरु भएको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत ४ वटा स्वास्थ्य चौकिहरुमा भिडियो एक्स-रे सेवा रुटिनमा संचालित रहेको छ भने इचोक स्वास्थ्य चौकिमा नियमित सन्चालन भैरहेको छ ।

सिन्धुपाल्चोकका स्वास्थ्य संस्थाहरु मध्ये हेलम्बु गाउँपालिकाको इचोक स्वास्थ्य चौकी अघिल्लो आर्थिक वर्ष पनि सबै भन्दा बढी बच्चा जन्माउने र उत्कृष्ट स्वास्थ्य सेवा दिने संस्थाको रुपमा चिनिएको थियो ।

यसैबीच हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आफ्नो जन्म दिन पनि स्वास्थ्य संस्थामा गएर मनाउनु भएको छ । सोही अवसरमा अध्यक्ष शेर्पाले हेलम्बु बासीहरुको स्वास्थ्यप्रति गाउँपालिका सजग रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘आमा र बच्चाको स्वास्थ्यको ग्यारेन्टी गरे मात्र समाज स्वथ्य हुनसक्छ, त्यसैले हेलम्बु गाउँपालिका आमा र बच्चाको स्वास्थ्यको ख्याल राख्न प्रतिबद्ध छ ।’ गर्भवती महिलाले बच्चा जन्माउने बेला कुनै कारणबस काठमाडौँ पठाउनु परेमा एम्बुलेन्स सेवा फ्रि गरिएको छ भने स्वास्थ्य संस्थाबाट पाइदै आएको राहत रकममा गाउँपालिकाले थपेर दिने गरेको पनि अध्यक्ष शेर्पाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्