काठमाण्डौ – समायोजनमा परेका कर्मचारीलाई हाजिर गराउन नमान्ने ३५ वटा पालिकाको अनुदान कट्टा हुने भएको छ ।
सरकारले गरेको कर्मचारी समायोजनको नामावलीअनुसार ३५ वटा पालिकाले केही कर्मचारीको हाजिर गराउन मानेका थिएनन् । हाजिर गर्न नपाएका कर्मचारीको तलब भत्ता अहिलेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदान गर्ने भएको छ ।
तलब बापतको एक करोड ८८ लाख १८ हजार रुपैयाँ भने कर्मचारी हाजिर गराउन नमानेका पालिका र प्रदेशलाई दिने रकमबाट कट्टा गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अनुदान कट्टा गर्नको लागि सङ्घीय मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्रसमेत पठाइसकेको छ ।
सङ्घीय सरकारले समायोजन गरेर पठाएका केही कर्मचारीलाई केही प्रदेश र पालिकाले हाजिर गराउन मानेका थिएनन् । हाजिर गराउन नमानेका कर्मचारीको तलब बराबरको अनुदान कट्टा गर्नको लागि मङ्सिर १० गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो