कर्मचारी हाजिर गराउन नमान्ने ३५ पालिकाको झण्डै २ करोड अनुदान कट्टा

काठमाण्डौ – समायोजनमा परेका कर्मचारीलाई हाजिर गराउन नमान्ने ३५ वटा पालिकाको अनुदान कट्टा हुने भएको छ ।

सरकारले गरेको कर्मचारी समायोजनको नामावलीअनुसार ३५ वटा पालिकाले केही कर्मचारीको हाजिर गराउन मानेका थिएनन् । हाजिर गर्न नपाएका कर्मचारीको तलब भत्ता अहिलेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदान गर्ने भएको छ ।

तलब बापतको एक करोड ८८ लाख १८ हजार रुपैयाँ भने कर्मचारी हाजिर गराउन नमानेका पालिका र प्रदेशलाई दिने रकमबाट कट्टा गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

अनुदान कट्टा गर्नको लागि सङ्घीय मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्रसमेत पठाइसकेको छ ।

सङ्घीय सरकारले समायोजन गरेर पठाएका केही कर्मचारीलाई केही प्रदेश र पालिकाले हाजिर गराउन मानेका थिएनन् । हाजिर गराउन नमानेका कर्मचारीको तलब बराबरको अनुदान कट्टा गर्नको लागि मङ्सिर १० गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्