किन चर्चामा बेदकोटका मेयर चन्द ? दीन, दु:खी गरिब र बिरामी परेकाहरुको साहारा बन्दै

हर्षको बेला खुशी बाड्नुभन्दा दु:ख परेको बेला संवेदना दिन अग्रसर बेदकोटका मेयर अशोककुमार चन्द 

नगरपालिका मेयर होस् या गाउँपालिका अध्यक्ष होस् आफ्नो स्थानीय तह भित्र त विशेष निम्तो हुन्छ नै तर छिमेकी स्थानीय तहहरुबाट पनि पालिका प्रमुखहरुलाई विशेष निम्तो नआउने कुरै भएन् । वैवाहिक कार्यक्रम, व्रतबन्ध, जन्मोत्सव लगायतका कार्यक्रममा सहभागि हुन अग्रसर हुने प्रमुखहरु पनि थुप्रैछन् । अतिरिक्त समयमा यस्ता कार्यक्रममा सहभागि हुनु त्यो नितान्त व्यक्तिगत कुरा पनि हो ।
हर्षमा खुसी थप्न अग्रसर हुने व्यक्ति थुप्रै हुन्छन् तर दु:ख परेको बेला घाउमा मलम लगाउने व्यक्तिको संख्या कमै हुन्छ । दुख परेको बेला कुनै व्यक्तिलाई गरेको सहयोग उसको लागि अपेक्षा गरेको भन्दा पनि ठुलो हुन सक्छ् । यस्तै दीन, दुखी, गरिब, असाहय, पीडित, रोगसँग लड्दै आफ्नो मृत्युवरण पर्खेका व्यक्ति तथा मृत्युवरण भइसकेर पनि शोकाकुल परिवारलाई भेट्न अग्रसर देखिनुहुन्छ कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द ।
उहाँ मेयर सँगसँगै एक समाजसेवी, बुद्धिजीवि तथा भीजन भएको राजनीतिज्ञ तथा जनप्रीय व्यक्तित्वको रुपमा चिनिनुहुन्छ । उहाँको फेसबुक स्टाटसमा समेत देख्न सकिन्छ कि बेदकोट नगरपालिकामा दुखमा परेको, विरामीहरुलाई भेट्न घर होस् या अस्पताल बेडमै भएपनि भेट्न जानुहुन्छ् । यो सामाजिक एवं संवेदनात्मक उहाँको भावनालाई धेरैजसोले उच्च सम्मान गर्नुका साथै फेसबुकमा समेत प्रशंसाको ओइरो लगाइरहेका हुन्छन् ।
उहाँ एक सामान्य व्यक्तिको रुपमा प्रस्तुत हुनुहुन्छ, चाहे कसैको जन्मोत्सवको शुभकामना व्यक्त गर्नमा हुन या चाँहे आफुले चिनेजानको व्यक्तिको मृत्युवरणपछि संवेदना तथा श्रद्धान्जली व्यक्त गर्नमा हुन, उहाँको फेसबुक केवल संवेदना, सामाजिक कार्यहरुको तस्बीर र बिरामी भएर अस्पतालको बेडमा बसिरहेका बिरामीहरुसँगको तस्बीरहरु मात्र देख्न सकिन्छ । उहाँलाई सायद हप्ताको दिन पनि थाहा हुदैन होला, आइतबारदेखि शनिबारसम्म नै उहाँ व्यस्त देखिनुहुन्छ् । शनिवारलाई फुर्सदको दिनमा लिने गरेपनि उहाँलाई शनिवार पनि अरु दिन जस्तै लाग्छ । उहाँ विहान देखि बेलुका सम्म आफ्नो कार्यमा व्यस्त हुनुहुन्छ ।
उहाँले शनिवार आजै मात्र पनि एक फेसबुक स्टाटस् राख्नुभएको छ । “बेदकोट नगरपालिका वडा न २ बसन्तथलामा हिजो बिबाहमा खाना खाएर दिउँसो ५ बजे देखि अहिले १ बजे राती सम्म २९ जना बिरामी भइ अहिले महाकाली अस्पतालमा उपचार भइरहेको छ सबैको अवस्था सामान्य रहेको छ। सबै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। महाकाली अस्पतालका स्वास्थ्यकर्मी र व्यवस्थापन समितिलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।, यस्तो रातीको बेला पनि घर घरबाट बिरामी ल्याएर महाकाली अस्पतालमा उपचार गर्न अभिभावकको भुमिका निर्बाह गर्नुहुने सबै व्यक्तित्वलाई बिशेष धन्यवाद।”
यस्तै उहाँको एकदिन पहिलाको फेसबुक स्टाटसमा बेदकोट नगरपालिका वडा नं. ५ का समाजसेवी प्रेम बहादुर साउदको संवेदना तथा श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै ३ दिन पहिला फेसबुक पोष्टमा दार्चुला जिल्लाका नेकपा नेता तथा दार्चुलाका कम्युनिष्ट संस्थापक बीरबहादुर ठगुन्नाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
यस्तै ५/६ दिन पहिला बेदकोट–१, चम्फापुरका यज्ञराज बोहराको श्रद्धाञ्जली देख्न सकिन्छ । भने बेदकोट सामुदायिक वनका पूर्व अध्यक्ष अशोक कुमार सिँहका पीता लालबहादुर सिँहको निधनको सन्देश रहेको छ ।
यी यस्तै पोष्टहरु थुप्रै देख्न सकिन्छ, यी यस्ता भावपूर्ण सन्देशहरुले पनि मेयर चन्दको प्रशंसा गर्नहरु धेरै देख्न सकिन्छ । उहाँको यो भावानात्मक शैलीको नगरपालिकावासीहरुले पनि कदर गरेका छन् । उहाँ नगरपालिका क्षेत्रभित्र प्रत्येक ठाउँमा अवलोकन गर्ने भएकाले समेत नगरपालिकाभित्रको आवश्यक पहिचान गर्न सहज भएको छ । उहाँका आवश्यकता भएको ठाउँमा तुरुन्त आवश्यकता पुरा गर्न केन्द्रित हुने भएकाले समेत उहाँको सर्वत्र चर्चा हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्