गणेशसिंह धामी
दार्चुला – दार्चुलामा एकै दिन ४६ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महाकाली नगरपालिकाका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहन महराले जानकारी दिए ।
आइतवार मात्र महाकाली नगरपालिकाका १ सय ४ जनाको स्वाव संकलन गरि पिसिआर परीक्षणका लागि डडेल्धुरा प्रयोगशाला पठाइएको थियो । कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी पठाइएका मध्ये ४६ जनाको रिपोर्ट पोजेटिभ तथा ५८ जनाको नेगेटिभ आएको महराले बताए ।
रिपोर्ट सार्वजनिक गरिएको छैन् । स्वास्थ्य मन्त्रालयको भोलि हुने नियमित बिफ्रिङ क्रममा सार्वजनिक गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए । पछिल्लो समय दार्चुलामा कोरोना समुदाय स्तरमा फैलिएको छ । सुरुमा सैलुन व्यवसायीमा देखिएको संक्रमण पछिल्लोपटक गाउँघर समेत पुगेको छ । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या एक सय ४६ पुगेको छ ।
एकैदिन दार्चुलामा यति धेरै संख्यामा कोरोना पोजेटिभ देखिएको यो पहिलो पटक हो ।