काठमाडौं उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म थप

काठमाडौं – काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपेको छ । उपत्यकाको तीनवटै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरुको बैठकले बर्तमान अवस्थाको समिक्षा गर्दै निषेधादेश थप गर्ने निर्णय गरेको हो ।

अब निषेधाज्ञाको अबधी यही भदौ १७ गते राति १२ बजेसम्म कायम भएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिनुभयो । यसअघि यही भदौ ३ गते राति १२ बजेदेखि उपत्यकाको तीनै जिल्लामा लागु गरिएको निषेधादेशको समयावधि आज मध्यराति सकिँदैछ ।

उपत्यकामा अझैपनि संक्रमितको संख्या बढेको अवस्थालाई विश्लेषण गर्दै अबको निषेधादेशको कार्यन्वयनलाई अझ प्रभावकारी बनाउने निर्णय भएको हो । यसअघि हिजै काठमाण्डौ जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधादेशको समय थप्ने सिफारिस गरिसकेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्