इलाममा कार्यरत सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

इलाममा कार्यरत सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताए । बाँकी सशस्त्र प्रहरीको स्वाब सङ्कलनको तयारी भइरहेको बताइएको छ ।

शनिबार पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ । यसअघि सङ्क्रमण फेला परेकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ। योसँगै इलाममा कोरोना पुष्टि हुनेको सङ्ख्या ५७ पुगेको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्