बझाङमा क्वारेन्टाइनबाट घर फर्केका ६६ जनामा कोरोना पुष्टि

बझाङ – क्वारेन्टिनमा बसेर घर पुगेका बझाङको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

उनीहरु असार अन्तिम साता भारतको बेंलोरबाट आएर क्वारेन्टिनमा बसेका थिए । एकै ठाउँबाट एकैसाथ आएका ६६ जनासहित १२५ जनाको साउन ७ गते स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश बलायरले जानकारी दिए ।

भारतबाट आएको १४ दिन पुगेपछि ९ गते उनीहरु घर गए । घर गएको एक सातापछि ६६ जनामा संक्रमण पुष्टि भयो । घर गएकामध्ये शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख बलायरले बताए ।
क्वारेन्टिनबाट घर गएका संक्रमितहरू केदारस्यूँ गाउँपालिकाको ६ र ७ का बासिन्दा भएको उनले बताए । अहिले दुबै वडालाई सिल गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष निशा धामीले बताइन् । ‘शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले दुबै वडा सिल गर्ने र गाउँपालिकामा लकडाउन कडा गर्ने गरेको छ ‘उनले भनिन् उनका अनुसार क्वारेन्टिनबाट घर पुगेका संक्रमितहरुको खोजी पनि सुरु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्